सिके राउत पनि बालकोटमा

`

     २०७९ पौष १० गते ३:२२

काठमाडौं, पुस १० । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्।

नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत पनि पुगेका हुन्।

राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन्।

यसअघि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपा बालकोट पुगिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?