काठमाडौं, पुस १० । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन्।
उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक छलफलका लागि पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ।
लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन्। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।
माओवादी महासचिव देव गुरूङ पनि बालकोटमा छन्।




