काठमाडौँ, पौष १० । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जारी सत्ता गठबन्धनको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन् ।
बैठकमा सहमति नजुटेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएको बताइएको छ ।
गठबन्धनको बैठकबाट प्रचण्ड बाहिरिए पनि अन्य नेताहरुको छलफल भने जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।




