सत्ता गठबन्धन दलमा लचकता, सहकार्य र विश्वाससहित सरकार बनाउनुपर्ने महामन्त्री शर्माको बुझाइ

`

     २०७९ पौष १० गते १२:४२

काठमाडौँ, पुस १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धन दलमा लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गरेर सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । उनले गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको प्रस्ताव परिपक्व हुने बताए ।

देउवाले गठबन्धनमा पहिलो दुई वर्ष आफू प्रधानमन्त्री हुने, पछिल्ला दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने र चुनावी वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने गरी सहमतिको प्रस्ताव गरेका छन् । महामन्त्री शर्माले त्यो सहमतिको इमान्दार कार्यान्वयनका लागि पारदर्शी एकता आवश्यक हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?