आफू पनि साहित्यकार भएको ओलीको दाबी

`

     २०७९ पौष ०८ गते ४:२६

पोखरा, पुस ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पनि साहित्यकार भएको बताएका छन्।

पोखरामा जारी नेपाल लिटरेचर फेष्टिभलमा ‘राजनीति बाहिरका जीवन’ शीर्षकमा पत्रकार अखण्ड भण्डारीसँग कुरा गर्दै उनले आफूले जेलमा हुँदा महाकाब्य, खण्डकाब्य, निवन्धलगायत कृति लेखे पनि जेलबाटै लुटिएको उनले दाबी गरे।

भूमिगत जीवनमा समेत लेख्ने गरेको भन्दै उनले जहाँ लेख्यो, त्यहीँ छाड्ने गरेको बताए।

‘भूपी शेरचनले यसो लेख्छन्। अनि हेर्छन्। केर्छन्। फेरि लेख्छन्, हेर्छन्। केर्छन्। कठैबरा भूपी शेरचन। यस्तो थिइनँ म,’ उनले भने, ‘म लेख्थेँ, हेर्थे अनि छाड्थेँ।’

जेलमा रहँदा चुरोटको खोलमा कविता लेख्न थालेपछि जेलरले कलम र कापी उपलब्ध गराइदिएको उनले बताए। यसरी महाकाब्य लेखेर सकिनै लाग्दा जेलबाट लुटिएको उनको गुनासो छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?