पाँच महिनामा ३४ प्रतिशतले घट्यो निर्यात

`

     २०७९ पौष ०८ गते ३:५०

काठमाडौं, पुस ८ । चालु आर्थिक वर्ष २०७९र८० को पाँच महिनामा विभिन्न मुलुकमा गरिने वस्तुको निर्यात ३४ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्ष २०७८र७९ को सोही अवधिमा एक खर्ब दुई अर्ब मूल्य बराबरको वस्तु निर्यात भएको थियो।

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा ६७ अर्ब ३० करोड मूल्य बराबरको सामान निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

विभागको तथ्यांक हेर्दा चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनामा आयात पनि २० प्रतिशतले घटेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?