श्रृंखलाबद्ध हत्यारा चार्ल्स शोभराज थुनामुक्त

`

     २०७९ पौष ०८ गते १:४७

काठमाडौँ, पुस ८ । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराज थुनामुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराबाट उनलाई रिहा गरेर अध्यागमनमा लगिएको छ ।

फ्रान्सेली नागरिक शोभराजलाई रिहा गरिएको केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेले बताए । सर्वोच्च अदालतको आदेश अनुसार उनलाई डिपोर्ट गरिने सरकारको तयारी छ ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?