काठमाडौं, पुस ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनमा पावर सेरिङ सम्मानजक रुपमा गरिने बताएका छन् । संसदीय दलको बैठकमा दलको नेता चयन भएपछि बोल्दै प्रचण्डले गठबन्धनबाटै सरकारको नेतृत्व गर्ने गरी समझदारी बनाइने बताए ।
सत्ता गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्ने गरी पावर सेरिङ गरिने प्रचण्डले बताएको एक सांसदले बताए । ‘हामी चुनावमा गठबन्धन बनाएर गयौं । कुनै दल सानो भयो होला कुनै दल ठुलो भयो होला । जनताले दिएको मतलाई सबैले सम्मान गर्नुपर्छ’ प्रचण्डको भनाई उदृत गर्दै ती सांसदले भने, ‘गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्नेगरी पावर सेरिङ गर्छौं । त्यस्तो हामीहरूमा कुनै समस्या हुँदैन ।’




