माओवादी केन्द्र राष्ट्रियसभा दलको नेतामा नारायणकाजी

`

     २०७९ पौष ०७ गते ४:५०

काठमाडौँ, पुस ७ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको सांसद सांसद सुदन किरातीले जानकारी दिए ।

माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा थिए । तर, उनको कार्यकाल सकिएपनि सो पार्टीले दलको नेता चयन गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?