अनुभव र परिपक्वताका आधारमा देउवालाई संसदीय दलको नेता चुनेको दीपक खड्काको दाबी

`

     २०७९ पौष ०७ गते १०:४०

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले मुलुकको आवश्यकता, अनुभव र परिपक्वताका आधारमा शेरबहादुर देउवालाई संसदीय दलको नेता चुनेको बताएका छन् ।

‘अहिले हामी एकमना सरकार बनाउने परिस्थितिमा छैनौं । गठबन्धनलाई नै साथमा लिएर हिँड्नुपर्ने साझा व्यक्तित्वको आवश्यकता छ । त्यसकारण सम्माननीय शेरबहादुर देउवालाई नै नेता छानेका हौं,’ खड्काले भने ।

उनले पार्टी महामन्त्री गगन थापाले राजनीति जितेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?