राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

`

     २०७९ पौष ०६ गते ७:०४

काठमाडौँ, पुस ६ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकाका राजदूत डीन आर। थम्पसनबीच भेटवार्ता भएको छ । बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा लिङ्देन र थम्पसनबीच शिष्टाचार भेटघाट भएको हो ।

भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी भएकोमा र हालैको निर्वाचनमा राप्रपालाई प्राप्त उपलब्धिमा बधाई दिएका छन् । साथै, भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?