काठमाडौं, पुस ६ । ‘दि नेपाल डिस्टिलरिज’४० युपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ।
लामो समयदेखि २५ यूपी र ३० युपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० युपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो।
यो ४० युपी सेगमेन्टमा नेपाली बजारमा उपलब्ध मध्येकै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए।
यसमा अल्कोहलको मात्रा २५ र ३० युपीको मदिरामाभन्दा कम हुन्छ।
रम फ्लेबरको यो मदिरा तातोपानी वा कोलासँग मिसाएर खान मिल्छ।




