काठमाडौं, ६ पुष । नेकपा (माओवादी केन्द्र) ले भोलि (बिहीबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । एक नेताकाअनुसार सांसदहरुले भोलि संसद् भवनमा शपथ खाएपछि माओवादीले दलको नेता चयन गर्ने भएको हो ।
माओवादीले भोलि अपरान्ह ४ बजे संसदीय दलको बैठक बोलाएको छ । माओवादीमा दलको नेताका लागि अध्यक्ष पुष्पकमल दाहाल नै चयन हुने देखिएको छ ।




