काँग्रेस संसदीय दलमा देउवा विरुद्ध गगनले उम्मेदवारी दिने

`

     २०७९ पौष ०५ गते १२:४३

काठमाडौँ, ५ पुष । नेपाली काँग्रेसको इतर समूहबाट महामन्त्री गगन कुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने भएका छन् । आज बिहानदेखि शेखर कोइरालासँग भएको छलफलले गगन कुमार थापालाई संसदीय दलको नेताका लागि उम्मेदवारी दिन लगाउने सहमति भएको हो ।

काँग्रेसको संस्थापन पक्षबाट संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने छ । देउवा र थापा दुई जनाको उम्मेदवारी पछि भोलि संसदीय दलको निर्वाचन हुने छ ।

काँग्रेसको इतर समूहबाट डा. शेखर कोइरालाले पनि संसदीय दलको नेताका लागि आफूलाई अघि सारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?