काठमाडौं, पुस ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।
शनिबार लामिछानले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।ओली निवास बालकोटमा पुगेर उनले भेटेका हुन्। भेटमा निर्वाचन जितेपछिको शुभकामना आदानप्रदान भएको हो। निर्वाचनको परिणाम आएलगत्तै ओलीसँग भेट्न खोजेका लामिछानेले शनिबार मात्रै ओलीको समय पाएका हुन्।
केही दिनअघि लामिछानेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका थिए।
लामिछानले नेतृत्व गरेको रास्वपाका २० जना सांसद छन्।




