४ सय ५६ जनालाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही

`

     २०७९ पौष ०१ गते ३:१९

काठमाडौं, पुस १ । ट्राफिक नियम उल्लघन गर्ने चार सय ५६ जना चालक कारबाहीमा परेका छन्।

यातायात व्यवस्था विभागबाट नियमित अनुगमनको क्रममा ती चालकलाई कारबाही गरिएको हो।

यसरी कारबाही गर्ने क्रममा नियम उल्लंघन गरे बापत सवारी चालक अनुमति पत्र एक सय १ वटा तथा सवारी दर्ता किताब र इजापत पत्र तीन सय ५५ वटा नियन्त्रणमा लिई कारबाही गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता इश्वर दत्त पनेरुले जानकारी दिए।

उनीहरूबाट तीन लाख ४८ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?