भन्सार छलेर ल्याइएको चामल बरामद

`

     २०७९ पौष ०१ गते १:२४

काठमाडौँ, पुस १ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका–११ रानीघाटस्थित विभिन्न व्यापारीको गोदामबाट ठूलो परिमाणमा चामल तथा अन्य दैनिक उपभोग्य वस्तु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता तथा सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर १३ गण वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले रानीघाटमा विभिन्न किसिमका चामलहरूका साथै अन्य खाद्यान्न अनाधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा बिहीबार उक्त कारबाही गरेको हो ।

श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोदकुमार साहको गोदामहरूको खानतलासी गर्दा २ सय ८१ क्विन्टल चामल, १० क्विन्टल मैदा, २ कार्टुन सर्जिकल सामग्री, ९ कार्टुन हार्पिक, २ कार्टुन ह्याण्डवास र २ कार्टुन स्प्रे गरी २१ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको चामल तथा अन्य समाग्री बरामद भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?