काठमाडौं, मंसिर २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन्।
आज कास्कीमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘अब मसँग सायद धेरै वर्ष समय छैन। तपाईंहरूको आशीर्वाद, माया र शुभकामनाले काम गर्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउमा पुग्दैछु।’
उनले अब देशको नेतृत्व गर्ने ठाउँमा पुगेमा राम्रा काम गर्ने बताए। प्रचण्डले अबको एक महिनाभित्रमा गठबन्धनबाटै नयाँ सरकार बन्ने पनि बताएका थिए।




