चालू आर्थिक वर्षको ४ महिनामा १२ करोडको राइस कुकर आयात

`

     २०७९ मंसिर २७ गते ३:१०

काठमाडौँ, मंसिर २७ । चालू आर्थिक वर्ष २०७८९/८० को ४ महिनाको अवधिमा नेपालमा १२ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको राइस कुकर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो ।

विभागका अनुसार यस अवधिमा विदेशबाट १२ करोड रुपैयाँभन्दा बढीको १ लाख ११ हजार वटा राइस कुकर आयात भएको छ । उक्त मूल्यको राइस कुकर भित्र्याउँदा आयाकर्ताले ३ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व बुझाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?