सङ्घीयता विरोधी म होइन तर सरकारले सङ्घीयता धान्न सक्दैन : दुर्गा प्रसाईँ

`

     २०७९ मंसिर २७ गते १२:४३

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का नेता दुर्गा प्रसाईले आफू कुनै लाईनको मान्छे नभएको बताएका छन् ।

उनले भने,‘म रवि लामिछानेको लाईनको मान्छे पनि होईन, राजावादी लाईनको मान्छे पनि होईन । म गीताको गाइडलाईनमा हिँड्ने मान्छे हुँ ।’

प्रसाईले संघीयता र धर्मनिरपेक्षाता खारेज गर्नुपर्ने बताएका छन् ।‘संघीयता विरोधी म होइन् तर सरकारले संघीयता धान्न सक्दैन ।’, उनले भने,‘भारत, चीन, अमेरिकालगायतका विभिन्न ठूला देशहरुलाई संघीय राज्य चाहिन्छ । जम्मा तीन करोड जनसंख्या भएको देशमा सात प्रदेश बनाएर २०० मन्त्री राखेर बजेट व्यवस्थापन कहाँबाट गर्ने ?’

प्रसाईले प्रदेशमा राखिने राज्यमन्त्रीका श्रीमती, छोराछोरीलाई गाडी दिने गरेको आरोप लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?