सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७९ मंसिर २६ गते १२:१८

काठमाडौं, मंसिर २६ । नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट आएको छ ।

सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?