काठमाडौँ, मंसिर ९ । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारायणप्रसाद मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गर्दा राजुले ३१ हजार ९ सय ९९ मत प्राप्त गरेका थिए । राजु संविधानसभा सदस्य हुन् । २०७० को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा १ बाट यिनै मरासिनीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थिए ।




