इलाम-१ मा झलनाथ खनाल पछाडि

`

     २०७९ मंसिर ०९ गते १२:३५

काठमाडौँ, मंसिर ९ । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्।

रोकिएर बिहीबार बेलुकीदेखि सुरु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ मत पाउँदा खनालले ९ हजार ८ सय ४८ मत ल्‍याएका छन् ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । मतगणना सूर्योदय नगरपालिकको सभाहलमा भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?