काठमाडौँ, ९ मंसिर । नायिका तथा नेकपा (एमाले) नेता करिश्मा मानन्धरले नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरेकी छन्।
उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।
उनले समाजिक सञ्जालमा भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुँदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।बाघलाई हायनाहरूले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो।’




