एमालेले समानुपातिकमा १० लाख मत कटायो

`

     २०७९ मंसिर ०९ गते १०:३६

काठमाडौँ, मंसिर ९ । निर्वाचन आयोगका अनुसार एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिकमा अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?