काठमाडौँ, मंसिर ८ । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन पद्धतितर्फ ६ लाख २७ हजार मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ९२ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख १६ हजार, नेकपा माओवादी केन्द्रले २ लाख ८४ हजार मत पाएको छ ।




