काठमाडौँ, ८ मंसिर । झापाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।
आज (विहीबार) सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याएर निर्वाचित भएका हुन् । गठबन्धनका दलहरुको साथ पाएको कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरे ।




