शंशाक कोइराला लगातार चौथो पटक निर्वाचित

`

     २०७९ मंसिर ०८ गते २:०३

काठमाडौँ, मङ्सिर ८ । नवलपरासी पूर्व क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार शशांक कोइराला २७ हजार एक सय २७ मत ल्याई विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कृष्णप्रसाद पौडेललाई ३ हजार ८ सय २६ मतान्तरले पराजित गरेका हुन् । पराजित कृष्णप्रसाद पौडेलले २३ हजार ३ सय १ मत ल्याएका छन् ।

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमले २३ हजार ८५ मत प्राप्त गरेका छन् । कोइराला उम्मेदवार बनेको क्षेत्रमा २०४८ सालपछि लगातार कांग्रेसले जित्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?