म जनता लाई जिताउने जाँच दिन जाँदै छु : रवि लामिछाने

`

     २०७९ मंसिर ०८ गते १:३२

काठमाडौँ, ८ मंसिर । भारी मतान्तरका साथ प्रतिनिधिसभा विवयी भएका रवि लामिछानेले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् ।

विजयपछि फूलमाला र विजय र्‍याली गर्न नचाहेको बताउँदै उनले भनेका छन्, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्नँ।’

उनले विजय र्‍यालीको साटो आजै ३ बजे भरतपुर- १० गेस्ट हाउस चौरमा र भोलि ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा धन्यवाद सभा गर्न लागेका जानकारी दिएका छन् । साथैभोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा पनि धन्यवाद सभा गर्न लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?