पोल्यान्डले दोस्रो विश्वयुद्धको क्षतिपूर्ति माग्दै इयुलाई कूटनीतिक नोट पठायो

`

     २०७९ मंसिर ०८ गते १२:१५

एजेन्सी, ८ मंसिर । पोल्याण्डले जर्मनी विरुद्धको युद्धको क्षतिपूर्तिको दाबी गर्दै युरोपेली संघ (ईयु) का सबै देशहरू, उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र काउन्सिल अफ युरोपलाई कूटनीतिक नोट पठाएको छ ।

पोल्याण्डका उप विदेशमन्त्रीले दिएको जानकारी अनुसार सेप्टेम्बर १ मा पोल्याण्ड सरकारले दोस्रो विश्वयुद्धमा पोल्याण्डले भोगेको भौतिक क्षतिको विस्तृत विवरण प्रस्तुत गरेको थियो। यसले जर्मनीसँग १.३ ट्रिलियन युरो को आर्थिक क्षतिपूर्ति मागिरहेको छ।

पोल्याण्डको विदेश मन्त्रालयले जर्मनीलाई युद्धको क्षतिको क्षतिपूर्तिको लागि अनुरोध गर्दै कूटनीतिक नोट पठाएको हो । यद्यपि जर्मनीले पोल्याण्डलाई क्षतिपूर्तिको मुद्दाका विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिवेदन तयार गर्ने जिम्मा लिएको टोलीको नेतृत्व गरेका पोल्याण्डका उपविदेशमन्त्री अर्काडियस मुलार्कजिकले पोल्याण्ड प्रेस एजेन्सी (पीएपी) लाई कूटनीतिक नोट कूटनीतिज्ञ, राजनीतिज्ञ, मानवअधिकारसँग संलग्न र अन्तरराष्ट्रिय वकिलहरूलाई जानकारी गराउन पठाइएको बताए।

उनले भने– ‘युरोपेली र अन्तरराष्ट्रिय कानूनको शासन, मानव अधिकारसँग सरोकार राख्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?