काठमाडौँ, मङ्सिर ७ । राष्ट्रिय जनमोर्चाले बाग्लुङबाट खाता खोलेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ-१ बाट विजयी भएका छन् ।
केसीले नेकपा एमालेका सुर्यप्रसाद पाठकलाई २६२६ मतअन्तरले पराजित गरेका हुन् ।
केसीले २१ हजार ४५१ मत प्राप्त गरे भने पाठकले १८ हजार ८२५ मत प्राप्त गरेका छन् ।




