काठमाडौँ, ६ मंसिर । चितवनको क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ । हालसम्म ११ हजार २८० मत गणना हुँदा पोखरेलले ३ हजार ७३८ मतका साथ आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पछ्याइरहेका छन् । दोस्रो स्थानमा रहेका रविले ३ हजार ५२७ मत प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ३६२ मत प्राप्त गरेका छन् ।




