समानुपातिकमा एमाले शीर्ष स्थानमा रहँदा घण्टी तेस्रो स्थानमा

`

     २०७९ मंसिर ०६ गते १२:१६

काठमाडौँ, मङ्सिर ६ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म ७५ हजार २३३ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसले ६४ हजार ७११ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ अहिलेसम्म ३२ हजार ९८० मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?