ललितपुर-२ मा एमालेको अग्रता, ४ हजार ७ सय मत गन्दा दोस्रो स्थानमा लौरो

`

     २०७९ मंसिर ०५ गते ७:२४

ललितपुर,मंसिर ०५ । ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्म ४ हजार ७ सय ८८ मतगणना भएको निर्वाचन अधिकृत दिपशिखा मुनाकमीले सर्बोच्चलाई बताइन्। त्यसमध्ये नेकपा (एमाले)का प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याएका छन्।

नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले ७ सय ७७, हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ सय ९७ र राप्रपका रघुवर थापाले ६ सय ७६ मत ल्याएका छन्। मतगणना जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?