काठमाडौँ, मङ्सिर ४। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।
दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा १ लाख १० हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यहाँका ३ सय २ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन कार्यालयको भनाइ छ ।
थोरै मतदाता रहेको पहाडी भेगमा उत्साहजनकरुपमा मतदान भइरहेको कार्यालयले बताएको छ ।




