सुनको मूल्यमा वृद्धि

`

     २०७९ मंसिर ०२ गते ११:०८

काठमाडौं, मंसिर २ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो। बिहीबार सुनको मूल्य प्रतितोला चार रुपैयाँ घटेको थियो।

बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?