चुनावपछि ओली नेतृत्वको सरकारको सपना छ भने त्यागिदिए हुन्छ : नेपाल

`

     २०७९ मंसिर ०१ गते ४:१५

काठमाडौँ, मंसिर १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

‘चुनावपछि भालिपनि गठबन्धनको सरकार बन्दै छ । जतिसुकै धक्कुु लगाउन केपी ओली नेतृत्वको सरकार बन्ने कुनै सम्भावना छैन । यदि कसैमा छ भने त्यो सपना त्यागिदिए हुन्छ ’ नेपालले भने, ‘चुनावपछि गठबन्धनकै सरकार फेरि बन्दै छ । त्यसैले गठबन्धनको एकताबद्ध देखाउन तीन जना उम्मेदवारलाई भोट हाल्नुपर्छ । सबैले तलमाथि नगरौं गठबन्धनलाई भोट हालेर जिताउनुपर्छ ।’

कांग्रेस, माओवादी एकीकृत समाजवादीका नेता कार्यकर्ता शुभेच्छुकले ओन्सरीसहित तीनै जनालाई भोट हाल्न नेपालले आग्रह गरे । तर समानुपातिकतर्फ भने आआफ्नो पार्टीलाई मत हाल्न नेपालले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?