आतङ्कवाद पाकिस्तानको सबैभन्दा जटिल समस्या : शरीफ

`

     २०७९ मंसिर ०१ गते १२:३६

काठमाडौँ, मंसिर १ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतङ्कवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताएका छन् ।

“हामी कुनै गल्ती नगरौं । आतंकवाद पाकिस्तानको प्रमुख समस्यामध्ये एक हो । हाम्रो सशस्त्र बल र प्रहरीले बहादुरीका साथ यो विपत्तिसँग लडेका छन् । लक्की मारवातमा प्रहरी भ्यानमा आतङ्ककारी समूहले गरेको आक्रमणको निन्दा गर्न कुनै शब्द पर्याप्त छैन । मेरो साथ र प्रार्थना शोक सन्तप्त परिवारजनप्रति छ,” सरिफले ट्वीटरमा लेखेका छन् ।

पाकिस्तानको खैबर पख्तुनख्वाको लक्की मारवातमा बुधबार आक्रमणमा परी छ जना प्रहरीको मृत्यु भएको पाकिस्तानको डेली टाइम्सले जनाएको छ । पत्रिकाका अनुसार मोटरसाइकलमा आएका दुई विद्रोहीले भ्यानमा गोली चलाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?