काठमाडौँ, कात्तिक ३० । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले एमाले अध्यक्ष केपी ओलीले संविधान नै मास्न खोजेपछि गठबन्धन गर्नुपरेको बताएका छन् ।
पाँच दलीय गठबन्धन सत्तामा पुग्नका लागि नभई मध्यरातमा राष्ट्रपतिकोमा प्रधानमन्त्री पुगेर संसद विघटन गर्ने, संविधान मास्ने काम भएकाले सडकमा आन्दोलन गरेर संविधान जोगाउन बनेको गठबन्धनलाई निरन्तरता दिएको बताए ।




