नेपाली विद्यार्थीले अमेरिकामा अध्ययन गर्न एक वर्षमा ५० अर्ब खर्च गर्दै

`

     २०७९ कार्तिक ३० गते १:१९

काठमाडौँ, कार्तिक ३० । नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई ५० अर्ब रुपैयाँ बुझाएको पाइएको छ ।

उनीहरुले अमेरिकामा अध्ययन गर्नको लागि उक्त रकम आर्थिक वर्ष सन् २०२१/२२ मा बुझाएको इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आइआइई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१/२२’ मा खुलासा गरिएको हो ।

हालै सार्वजनिक गरिएको उक्त रिपोर्टमा गत आर्थिक वर्ष २०२१/२२ मा नेपाली विद्यार्थीले ३८ करोड ४० लाख अमेरिकी डलर (५० अर्ब ७ करोड रुपैयाँ) अमेरिकी अर्थतन्त्रमा योगदान गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?