युक्रेनका राष्ट्रपति जेलेन्सकी खेरसन पुगे

`

     २०७९ कार्तिक २८ गते ४:०३

काठमाडौँ, कार्तिक २८ । युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्सकीले हालै रुसको नियन्त्रणबाट कब्जा गरेको खेरसन क्षेत्रको भ्रमण गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति जेलेन्सकीले खेरसनमा सेनाको समुहलाई सम्बोधन गर्दै आफुहरु अब अगाडी बढेको बताउदै देशभर शान्तिको लागि तयार रहेको बताए ।

जेलेन्सकीले रुसले खेरसनमा ४०० भन्दा बढी युद्ध अपराध गरेको अनुसन्धानबाट पत्ता लागेको बताए । सो क्षेत्रमा आम नागरिक र युक्रेनी सेनाको शव भेटिएको जानकारी समेत दिएका छन् ।

खेरसन क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता लिएको यस घटनालाई युक्रेन युद्धमा नयाँ मोड आएको विश्लेषण भइरहेको छ ।

रुसी सेना फिर्ता गएपछि गत मार्चपछि पहिलो पल्ट गत शुक्रबार मात्र युक्रेनी सेना खेरसन शहरमा प्रवेश गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?