काठमाडौँ, कार्तिक २८ । स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ । नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् ।
उनले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
करिब २० लाख जनसंख्यामा ४९.९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।




