३ महिनामा १२ करोड बढीको टुथब्रस आयात

`

     २०७९ कार्तिक २७ गते ४:५७

काठमाडौँ, कार्तिक २७ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ३ महिनामा नेपालले १२ करोड २९ लाख रुपैयाँभन्दा बढीको दाँत माझ्ने ब्रस आयात गरेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो ३ महिनामा कुल १२ करोड २९ लाख ५० हजार रुपैयाँको १ करोड ७ लाख ३१ हजार ५३३ थान टुथब्रस बिभिन्न देशबाट नेपाल भित्रिएको छ । नेपालले अष्ट्रेलिया, बंगलादेश, क्यानडा, चीन, भारत, इजरायल, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड र युनाइटेड अरब इमिरेट्सबाट टुथब्रस आयात गरेको छ । नेपालमा सबैभन्दा बढी टुथब्रस भारत र चीनबाट आउने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?