रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुङ्गा प्रहार गरी तोडफोड

`

     २०७९ कार्तिक २७ गते ४:१६

काठमाडौँ, कात्तिक २७ । चितवनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुंगा प्रहार भएको छ । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको सूचना आएको चितवनका एसपी नवराज अधिकारीले बताए ।

उनले भने–‘गाडीमा सामान्य क्षति पुगेको सूचना आएको छ, हाम्रो टोली पुगेर बुझ्दै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?