देउवा गृहमन्त्री हुँदा १२२ जना मान्छेको हत्या गर्नुभयो : ओली

`

     २०७९ कार्तिक २७ गते ३:२१

काठमाडौँ, कात्तिक २७ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्माओलीले एमालेले देशको स्वाधीन अर्थतन्त्रका लागि बनेको पार्टी एमाले भएको बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न दैलेखको जम्बुकाँध पुगेका ओलीले पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई के काम गर्नुभयो रु भन्दै प्रश्न गरे । उनले आफ्नो पार्टीले नै सबै काम गरेको दाबी गरे । उनले देउवा गृहमन्त्री हुँदा मान्छेहरू मारेको आरोप लगाए ।

उनले भने,‘ देउवाले के गर्नुभयो ? गृहमन्त्री हुँदा सर्वसाधारण १२२ जनालाई गोली हानेर हत्या गर्नुभयो । ५० प्रतिशत एमाले कार्यकर्तालाई पक्राउ गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?