काठमाडौँ, कात्तिक २७ । चालू आर्थिक वर्ष २०७९–८० को पहिलो ३ महिनामा विभिन्न देशबाट नेपालमा ५८ करोड रूपैयाँभन्दा बढीको टेलिभिजन सेट भित्रिएको छ । सोही अवधिमा पौने ३० करोड रूपैयाँको विभिन्न प्रकारका क्यामरा पनि नेपाल भित्रिएको छ ।
२०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको टेलिभिजन सेट र क्यामरा नेपाल भित्रिएका हुन् । भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा ५८ करोड ३ लाख ४३ हजार रुपैयाँको ३३ हजार ८२२ वटा टेलिभिजन सेट नेपालले आयात गरेको छ ।
सोही समयमा २९ करोड ७९ लाख ८७ हजार रूपैयाँको ८९ हजार २११ वटा विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ ।




