हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ : ओली

`

     २०७९ कार्तिक २७ गते २:००

काठमाडौँ, २७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि ताजा जनादेशका लागि जनताका चाहेको कुरालाई विरोधीले प्रतिगमन गरेको बताएका छन् ।

यद्यपि उनले संसद विघटनलाई जनतामाझ सही नै भएको अर्थ्याएका छन् । आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उल्टै गठबन्धनलाई प्रतिगमनको आरोप लगाए । ‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्यो रे रु,’ओलीले भने,‘ माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमतिलाई तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’

त्यसैले ताजा जनादेशका लागि त्यो बाटोमा हिँड्नुपरेको उनको भनाई छ । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए ।

उनले त्यतिमात्र भनेनन् प्रचण्डलाई अर्काको देशको हतियार ल्याएर नेपाली जनताको घाँटी रेट्ने काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?