थप १० जना सङ्क्रमित

`

     २०७९ कार्तिक २५ गते ३:५३

काठमाडौँ, २५ कार्तिक । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ९७७ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार २१९ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?