संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने डा. भट्टराईको जिकिर

`

     २०७९ कार्तिक २५ गते १:०२

काठमाडौँ, कार्तिक २५ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १ को घरदैलो कार्यक्रममा आज सहभागी भएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए । “देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र छन् , संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु”, उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?