बाँकी जीवन देशको विकास र समृद्धिमा खर्चिन्छु : प्रचण्ड

`

     २०७९ कार्तिक २५ गते १२:५०

काठमाडौँ, २५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो बाँकी जीवन विकास र समृद्धिका लागि समर्पित गर्ने बताएका छन् ।

उनले भने, ‘मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु । राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको शुरुआत गर्नु जरुरी छ ।’ ‘म गोरखा आएको विषय सबैलाई थाहा पाइसकेको अवस्था छ, अब आर्थिक क्रान्तिको शुरुआत पनि गोरखाबाट नै गरेर सिङ्गो मुलुकको विकास गर्नेछु’, उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?